JanataToday.com

Advertisment

SKIP THIS

सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो

सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो

काठमाण्डौ – सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा तीन हजार रुपैयाँले बढेको छ । आज सुन एकैदिन तोलाकाे एक हजार नौ सय रुपैयाँ र हिजो एक हजार एक सय रुपैयाँले बढेको हो ।

सुनको भाउ आज तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलाको एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर एक हजार आठ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ७५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : बुधबार, माघ ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij