हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रगत बग्न नरोकिने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने निर्णय गर्नुभएको हो । यो रोगको औषधि र उपचार महँगो भएकाले निःशुल्क गराउन धेरै बिरामी तथा सरोकारवालाले सरकारलाई आग्रह गर्दै आएका थिए ।

जटिल किसिमको वंशाणुगत यो रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका साथै अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ ।

विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्री पौडेलले बताउनुभयो । धेरै पीडित तथा सरोकारवालाले महँगो उपचार सरकारमार्फत होस् भन्दै गरेको अनुरोध आफूहरूले स्वीकारेको उहाँको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले हेमोफिलियाको औषधिका लागि राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासंघमार्फत प्राप्त गर्ने मन्त्रालयअन्तर्गतकाे नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताउनुभएको छ ।

नेपालमा झन्डै ९ सय जना हेमोफिलिया रोगका बिरामी पहिचान भएका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका बिरामी झन्डै ५ हजार जना रहेको अनुमान गरेको छ ।

मन्त्रालयले संघीय, सरकारी तथा प्रादेशिक तहमा मागका आधारमा औषधी उपलब्ध गराउने तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij