बुटवल,
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहसले आज पनि अन्तिम रूप पाउन सकेन। बुधबारबाट जारी बहस आज पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ।
आज जाहेरवालापक्षका २ जना वकिल र प्रतिवादीपक्षका ३ जना वकिलले बहस गरेका छन्। अझै प्रतिवादीतर्फका ६ जना वकिलको बहस बाँकी रहेको रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
सो प्रकरणमा पूरक अभियोग लागेका रविविरुद्धको थुनछेक बहसमा बिहीबार वादीका तर्फबाट आठ जना सरकारी वकिलले बहस गरेका थिए । जाहेरवालाका तर्फबाट भने एक जनाले बहस गरे। बिहीबार सरकारी वकिलको बयान सकिएको छ।
उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने सर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ।
प्रकाशित मिति : शुक्रबार, माघ ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्