तिलोत्तमा, रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित खेल उत्सव अन्तर्गत दोस्रो दिनका प्रतियोगिता सम्पन्न भएका छन् ।
उत्सवको दोस्रो दिन स्लो साइकल रेस, टेबल–टेनिस र घैंटो फोर्ने कार्यक्रम भए ।
स्लो साइकल रेस छात्रतर्फको प्रतियोगितामा विपिन भण्डारी पहिलो, रोहन क्षेत्री दोस्रो र रवि गोतामे तेस्रो भएका छन् ।
स्लो साइकल रेस छात्रातर्फको प्रतियोगितामा अंशु भट्टराई पहिलो, अनिता भण्डारी दोस्रो र अनिशा न्यौपाने तेस्रो भए ।
त्यस्तै, टेबल–टेनिस छात्रतर्फको प्रतियोगितामा आशीष घिमिरे पहिलो, विवेक ढकाल दोस्रो र आयुष कौशल तेस्रो भएका थिए ।
टेबल–टेनिस छात्रातर्फको प्रतियोगितामा आकृति अधिकारी पहिलो, कृति पाण्डे दोस्रो र समीक्षा ज्ञवाली तेस्रो भएका छन् ।
यसैगरी, घैंटो फोर्ने (हण्डी फोर) प्रतियोगितामा नवीना अधिकारीे, आशा पौडेल, एरिक के.सी. र सुरक्षा अधिकारी विजयी भएको क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक (ई.सी.ए. कोअर्डिनेटर) जीवनकुमार पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, माघ २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्