JanataToday.com

Advertisment

SKIP THIS

स्मृति बोर्डिङ् स्कुलमा खेलकुद् महोत्सव सम्पन्न

स्मृति बोर्डिङ् स्कुलमा खेलकुद् महोत्सव सम्पन्न

तिलोत्तमा

तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलमा सञ्चालित खेलकुद् महोत्सव शुक्रबार सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालित सो खेल महोत्सवमा करिब ४० भन्दा बढी खेलमा खुला, सदनात्मक र कक्षागत गरी ३ सयभन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।

विद्यालयका उपप्राचार्य केशबहादुर गुरुङका अनुसार तिलोत्तमा डिङ्गरनगरस्थित जनज्योति खेल मैदानमा सन्चालित सो महोत्सवमा एथलेटिक्सतर्फका ५० मिटर दौड,१०० मिटर दौड, २०० मिटर दौड, क्रस कन्ट्री ,लङ जम्प, सर्ट पट, टग अफ वार, क्वाइन रेस, स्पुन रेस लगायतका खेलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिता शुरु हुनुभन्दा पहिले विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।

बिद्यालयका प्रधानाध्यापक हरि ज्ञवालीले स्कुलका कप्तान अर्नव पौडेललाई राष्ट्रिय झण्डा प्रदान गरी खेल महोत्सव शुरु भएको थियो । खेल महोत्सव माघ २३ गतेदेखि शुरु भएको थियो । उक्त खेल महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी मेडल तथा प्रमाणपत्र वितरण गरिएको उपप्राचार्य केशबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, माघ २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij