राममणि बहुुमुखी क्याम्पसमा रक्तदान सचेतना कार्यक्रम सम्पन्न

राममणि बहुुमुखी क्याम्पसमा रक्तदान सचेतना कार्यक्रम सम्पन्न

तिलोत्तमा

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पस स्नातक र स्तानकोत्तर तहका विद्यार्थीका लागि रक्तदान सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा ८५ पटक रगत दान गरिसक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत दान गर्दा दान लिनेको जीवन बच्ने र दान गर्ने व्यक्तिको व्यक्तित्वमा समेत धेरै लाभ मिल्ने उल्लेख गर्नुभयो ।

क्याम्पसको स्वास्थ्य तथा वातावरण समितिका संयोजक विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा लगायतले रक्तदानबाट सबैको भलोमात्र हुने उल्लेख गर्नुभयो ।

सचेतना कार्यक्रम लगत्तै दर्जनौं विद्यार्थीले आफूहरू रगत दान गर्न इच्छुक भएको उल्लेख गरेका थिए । कार्यक्रममा एम.बी.एस., बी.बी.एस., बी.एड. र बी.ए.का विद्यार्थीहरू सहभागी थिए ।

 

 

 

प्रकाशित मिति : सोमबार, माघ २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij