प्रतिनिधि सभा बैठक

अवरोध गरेपछि स्थगन भएको बैठक पुनः सुरु

अवरोध गरेपछि स्थगन भएको बैठक पुनः सुरु

काठमाडौँ  – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक केही घण्टापछि पुनः सुरु भएको छ।

सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि बैठक सुरु भएको हो।

सत्तापक्षका सांसदलाई बोल्न दिइएको विषयमा विपक्षीको अवरोधपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने बताए।

आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले कार्यसूचीमा प्रवेश नगरी सत्तापक्षका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन्। त्यसको माओवादी केन्द्र र रास्वपाले विरोध गरेका हुन्।

प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij