काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ।
अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्