काठमाडौँ , प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समितिमा परेका उजुरीहरुबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ।
बिहीवार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले समितिमा प्राप्त उजुरीहरुको अध्ययन गर्न नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको जानकारी दिए।
उनका अनुसार उपसमितिमा पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.चन्दा कार्की, नेकपा माओवादी केन्द्रबाट दुर्गा राई, नेकपा एमालेबाट मेनुकाकुमारी पोख्रेल र नेपाली कांग्रेसबाट सरिता राई सदस्य रहेका छन्।
उपसमितिले समितिमा प्राप्त उजुरीहरुको आवश्यक छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने र समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउने सभापति खतिवडाको भनाइ छ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्