नवलपरासी,
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कम्प्याक्ट अन्तर्गत बन्ने प्रसारण लाइनका लागि पश्चिम नवलपरासीमा टावर रहने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ ।
साढे २१ करोड मुआब्जा मध्ये ७ करोड मात्र भुक्तानी बाँकी छ । १ सय २४ जनाले मुआब्जा पाउनुपर्नेमा ९४ जनाको खातामा पैसा गइसकेको छ ।
बाँकी भुक्तानी पनि जग्गाधनीकै समस्याका कारण बाँकी रहेको एमसीए नेपालले जनाएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपाल अन्तर्गत बन्ने प्रसारणलाइनका लागि टावर निर्माण गर्न जग्गाको अवस्था हेरिकन प्रतिकठ्ठा ९ लाख १४ हजार देखि ७३ लाख ६७ हजार सम्म रकम भुक्तानी गरिएको छ ।
साना ठूला दुई प्रकारका टावर निर्माणका लागी १ कठ्ठा ८ धुर देखि २ कठ्ठा सम्म जग्गा अधिग्रहण गरिएको छ । लप्सीफेदिबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन अन्तर्गत नवलपरासीमा पर्ने ३३ किलोमिटर प्रसारणलाइनका लागि १ सय २ वटा टावर निर्माण हुने छ ।
जसमध्ये सुनवल सुर्यबस्तीमा रहेको सवस्टेशनदेखि पाल्हीनन्दनसम्म कुल १८ दशमलव २ किलोमिटरमा बन्ने ५४ वटा टावरको मात्र मुआब्जा वितरण भएको हो ।
टावर रहने स्थानको मुआब्जा टुङ्गो लागेर वितरण भइरहेपनि तारमुनिको जग्गाको भने क्षतिपुर्ति मूल्याकंन हुन बाँकी छ । जसका लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मूल्याकंन समिति बनेकाले ३५ दिन भित्र तारमुनिको जग्गाको मूल्याकंन गरी क्षतिपुर्ति सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताउनुभयो ।
बर्दघाटदेखि पाल्हीनन्दनसम्म विस्तार हुने प्रसारण लाइनको तारमुनि ९ सय ५० जनाको जग्गा पर्ने बताइएको छ ।।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्