सैनामैना , वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुदमय बन्दै गइरहेको रुपन्देहीको सैनामैनामा आईतबार आज बाट प्रथम वडा कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । सैनामैना ५ भित्र रहेको युवा सञ्जालको आयोजनामा आज आइतबार बाट प्रतियोगिता सुरु भएको हो ।
सैनामैना नगरपालिका वडा नम्बर ५ को कार्यालयको संरक्षकत्वमा सुरु भएको प्रतियोगिता फागुन १० गते सम्म चल्ने छ । प्रतियोगिताको आज औपचारिक उद्घाटन एक भव्य कार्यक्रमका बिच आज गरिएको छ ।
उद्घाटन समारोह युवा सञ्जालका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता, सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख विना रानाको विशिष्ठ आतिथ्यतामा सम्मपन्न भएको थियो ।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न खेलमा वडा नम्बर ३ र वडा नम्बर ४ विजयी भएको सञ्जालका अध्यक्ष घिमिरे जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजक बी र वडा नम्बर ३ बीच भएको प्रतियोगिता ट्राईब्रेकरमा धकेलिएको थियो । जसमा वडा नम्बर ३ ले आयोजक बी लाई ४(३ को गोल अन्तरले हराएको हो ।
त्यस्तै, दोस्रो खेलमा वडा नबर ८ पराजित भएको छ । वडा नम्बर ४ को टोलीसँग ८ को टोली ५(१ को गोल अन्तरमा पराजित भएको हो ।
प्रतियोगितामा सोमबार ९भोलि० वडा नम्बर १ सँग ९ तथा वडा नम्बर ७ सँग १० ले खेल्ने तालिका रहेको छ । प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
औपचारिक कार्यक्रम खेल संयोजक रेवन्त सिंजालीको स्वागत एवम् क्लबका सचिव मिनप्रसाद पाण्डेको सञ्चालनमा कोटियादेवी खेलमैदानमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्