भारतको उडिसामा नेपाली विद्यार्थीमाथि भएको धरपकडबारे प्रधानमन्त्रीको चासो प्रकट

भारतको उडिसामा नेपाली विद्यार्थीमाथि भएको धरपकडबारे प्रधानमन्त्रीको चासो प्रकट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली विद्यार्थीमाथि भएको धरपकडमा चासो प्रकट गरेका छन् ।

उनले नेपाली विद्यार्थीलाई जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कुटनीतिक पहल जारी राखिएको जनाएका छन् ।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij