रुपन्देही प्रहरीले बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा ३ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी पोष्ट रमवापुरबाट हिजो ड्युटीमा खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं। ५ लुकठहवाबाट ती सवारी साधन नियन्त्रणमा लिएको हो । प्रहरीले लु २ त ५७२९नम्बर, लु ४ त ३३३३ नम्बर र लु ४ त ३८५४ नम्बरको ट्याक्टरलाई बालुवा चोरी निकासी गरी ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जनाएको छ ।
नियन्त्रणमा लिईएका सवारी साधनलाई आवश्यक कारवाहीको लागि मायादेवी गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले कारवाही स्वरुप रु। ९२ हजार ४४० जरिवाना लिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्