काठमाण्डौ , चर्च ब्वाइज यूनाइटेड काठमाण्डौलाई पराजित गर्दै धरान फुटबल क्लब १५औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिजो भएको खेलमा धरानले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराएको हो । प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाण्डौबीच खेल हुने छ ।
यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्