बुटवल -बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको टोली संस्थागत संघ अध्ययन भ्रमणमा निस्किएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध रहेको जिल्ला नगर उद्योग वाणिज्य संघहरुको संस्थागत अध्ययन तथा अवलोकनका लागि संघको टोली बिहिबार तीन दिने भ्रमणमा निस्किएको हो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको नेतृत्वमा भ्रमणमा निस्किएको भ्रमण टोलीले वालिङ उद्योग वाणिज्य संघ, कास्कीको पोखरा उद्योग वाणिज्य संघ र स्याङ्जाकै स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघमा संस्थागत अवलोकन गरिने भ्रमण टोलीकी संयोजक तथा बुटवल उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य रेनु कर्माचार्यले जानकारी गराउनु भयो ।
संघको संस्थागत भ्रमणमा संस्थागत संरचना, संघ सञ्चालनका विधि पद्धती लगायतका विषयमा जानकारी आदान प्रदान गरिने छ । त्यस्तै ती संघमा आवद्ध व्यवसायीका समस्या, यस क्षेत्रका व्यवसायीका समस्या लगायतका विषयमा छलफल गरिने र साझा तथा क्षेत्रगत हुने व्यवसायीका समस्या समाधानका लागि समेत कसरी समाधान गर्न सकिन्छ, त्यसविषयमा छलफल गरिने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । उहाँका अनुसार भ्रमणका क्रममा त्यस आसपासका अन्य पर्यटकीय क्षेत्रहरुको समेत अवलोकन गरिने छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्