JanataToday.com

Advertisment

SKIP THIS

बुद्ध ज्ञान साइकल यात्रामा निस्केको टोलीलाई तिलोत्तमामा स्वागत

बुद्ध ज्ञान साइकल यात्रामा निस्केको टोलीलाई तिलोत्तमामा स्वागत

तिलोत्तमा -भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसंग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलबस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरूको पर्यटन प्रवर्धनका लागि “बुद्ध ज्ञान साइकिल यात्रामा निस्केको टोलीलाई तिलोत्तमा नगरपालिकाले आज स्वागत र सम्मान गरेको छ ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण,नेपाली कांग्रेस तिलोत्तमा सभापती हरिलाल न्यौपाने लगायतले एक कार्यक्रमका बिच स्वागत गर्नुभयको हो ।

कार्यक्रममा साइकिलीस्टहरुलाई तिलोत्तमामा स्वागत गर्दै नगर प्रमुख रामकृष्ण खाँणले स्वास्थ्य संगै पर्यटन प्रवर्धनको लागी पनी महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

साइकल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष हुने “बुद्ध ज्ञान साइकिल यात्रा” लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्य कुमार सारु मगरले बताए। यसमा सहभागीता जनाउन नेपाल, भारत लगायत विभिन्न स्थानहरूबाट १ सय १० साइकिल यात्रीहरु सहभागि भएको सारु मगरले बताए।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधैँ ओझेलमा परेको हुनाले ती क्षेत्रको प्रचार प्रसारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रि साइकिलिस्टलाई सहभागीता गराएर साइकिल यात्रा गराउन लागेको हो।

सहभागी साइकिलिस्टहरूले पहिलो दिन करिब ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर दुरी तय गरेर बुद्धसँग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन्।

शुक्रबार भैरहवा बाट सुरु साइकिल यात्राको पहिलो दिन नवलपरासीको रामग्राम, हुँदै पुनः रुपन्देहीको देबदहको पण्डितपुर, बुद्ध मावली भवानीपुर, बौद्धकालीन पाकरी रुख हुँदै तिलोतमा नगरपालिकाको बनबाटिका, बुटवलको जितगडी किल्ला हुँदै साँझ भैरहवा पुगेको छ ।

त्यसैगरी दोस्रो दिन भैरहवाको बसडिलवा स्थित शिव मन्दीरबाट सुरु भई शुद्धोदन गाउँपालिकामा रहेको बुद्धकालिन भुवनेश्वर मन्दीर, गैडहवा गाउँपालिकाको गैडहवा ताल, यशोधरा पार्क हुँदै कपिलबस्तुको मानव निर्मित जगदिसपुर ताल, सग्रहवा, राजा शुद्धोदनको प्राचिन दरवार तिलौराकोट, कुछन्द बुद्धले ज्ञान प्राप्त गरेको स्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, भगवान बुद्ध र उनका छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुँदै भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएर समापन गरिने कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए।

दुई दिने यात्रामा सबैभन्दा कम उमेरका बालक ८ वर्षे किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल सहभागी छन्। त्यसैगरी जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षीया बिस्हु दिमन सहभागी छन्। कार्यक्रममा पुस्कर शाह,भारतिय नागरिक अनिल गुरुगं,मान सिंह लाल चन्द,कर्णेल अनिल गुरुगं,बेल्जीयम नागरिक मिस्टर सेडेन, रबि बस्नेत लगायतको आतिथ्यता रहेको थियो। काय्र्रक्रमको संचालन बिजेस न्यौपानेले गर्नुभएको थियो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij