काठमाण्डाै – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली युगान्डासँग खेल्दैछ । यो खेल दिउँसो सवा १२ बजेपछि इन्टेब्बे क्रिकेट ओभलमा शुरू हुनेछ ।
शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल हिजो नामिबियासँग पराजित भएको थियो । नामिबियासँगको पहिलो भेटमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजित भएको हो ।
शृङ्खलामा युगान्ड, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । शृङ्खलामा सबै टोलीले एकअर्कासँग २ खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच आउँदो चैत ३ गते फाइनल हुनेछ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्