एकीकृत समाजवादीद्वारा सरकारविरुद्ध आन्दाेलन घाेषणा

एकीकृत समाजवादीद्वारा सरकारविरुद्ध आन्दाेलन घाेषणा

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आज पत्रकार सम्मेलनमार्फत पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको हो ।

सुशासन कायम गर्न र अन्य समस्या समाधानका मागसहित पार्टीले आन्दोलन शुरू गरेको उहाँले बताउनुभयो । पार्टीले आन्दोलनका कार्यक्रमअन्तर्गत पार्टीभित्र छलफल, सुझाव सङ्कलनसहित चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैबीच समाजवादी मोर्चाको आज बसेको बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्नेसहित विभिन्न निर्णय गरेको छ ।

आज (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले भोलि बुद्धिजीवी र नागरिक समाजसँग छलफल गर्ने निर्णय गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । मोर्चाले चैत १५ गते काठमाण्डौमा वृहत् विरोध कार्यक्रम गर्नेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij