JanataToday.com

Advertisment

SKIP THIS

ग्लोबल मनी विक : भैरहवामा वित्तीय चेतनामूलक प्रभातफेरी

ग्लोबल मनी विक : भैरहवामा वित्तीय चेतनामूलक प्रभातफेरी

भैरहवा, ग्लोबल मनी विक–२०२५ को अवसरमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरको आयोजनामा रुपन्देहीको भैरहवामा वित्तीय चेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिहान देवकोटाचोकस्थित राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयबाट सुरु भएको प्रभातफेरी बैंकरोड, मिलनचोक, नारायणपथ, बुद्धचोक, नयाँसडक हुँदै पुनः राष्ट्र बैंकमा पुगेर समापन भएको कार्यालयका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए ।

ग्लोबल मनी विक–२०२५ अन्तर्गत पहिलो दिनको पहिलो कार्यक्रम प्रभातफेरी निकालिएको राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्यले बताए । प्रभातफेरीमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीहरु गरी करिब ६ सय जनाको सहभागीता रहेको निर्देशक आचार्यले जानकारी दिए । प्रभातफेरीमा सहभागीहरुले वित्तीय सचेतनासम्बन्धि लेखिएका प्लेकार्ड बोकेका थिए ।

‘२०८१ चैत ४ देखि ११ गतेसम्म कार्यालयको अवलोकन, वित्तीय शिक्षारसाक्षरता, वित्तीय सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम कार्यालयको सभाहलमा हुन्छ’ उनले भने–‘चैत ८ गते रुपन्देही जिल्लास्थित क्याम्पस ९स्नातक तह० मा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ ।’

बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन ९ओईसीडी०को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक’ विश्वभर बनाउने गरिएको छ । यसै सन्दर्भमा २०२५ मार्च १७ देखि २३ ९२०८१ चैत ४ देखि १० गते० सम्म ‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक’–२०२५ को १३ औं श्रृंखला मनाइँदैछ ।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोड भन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको निर्देशक आचार्यले बताए ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij