भैरहवा, रुपन्देहीको सियारी गाउँपालिका–४ छपियास्थित लिलाधर घिमिरे जनता कलेजमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० को प्यानल नै विजयी भएको छ । आज ९मंगलबार० सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्वविु० को निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको हो ।
२ सय ३१ कुल मतदाता रहेको कलेजमा २ सय १६ मत खसेको थियो । जस अन्तरगत नेविसंघले १ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमला भण्डारीले जानकारी दिइन् । भण्डारीका अनुसार नेविसंघका आशिस जयसवालले १ सय १७ मतसहित सभापतिमा निर्वाचित भएका छन् । त्यसै गरी सचिवमा विष्णु प्रसाद केवटले १ सय २२ मत प्राप्त गर्दै विजयी भएका छन् भने कोषाध्यक्षमा १ सय २५ मतसहित रिना यादव विजयी भएको निर्वाचन अधिकृत भण्डारीले बताइन् ।
त्यसै गरी सदस्यहरुमा रविन्द्र कोहार, सुरज यादव, गीता धोबी, सविता थारु र ओमप्रकाश नाउँ विजयी भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० बाट सभापतिको उम्मेदवार बनेका जगदीश यादवले ९६, सचिवका उम्मेदवार पुष्पा यादवले ८८ र कोषाध्यक्षका उम्मेदवार सन्तोष कुम्हालले ८५ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् । उनले २ सय १६ मत खसेकोमा २ वटा मत बदर भएको बताइन् । रुपन्देहीमा भएका क्याम्पसहरुमा भएको निर्वाचनमध्ये लिलाधर घिमिरे छपिया जनता कलेजले सबैभन्दा पहिला नतिजा सार्वजनिक गरेको हो ।
नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट अखिल समाजवादी गरी ४ वटा संगठन दर्ता भएकोमा नेविसंघ र अनेरास्ववियु मात्रै चुनावमा प्रतिष्पर्धा गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्