सिरहामा महायज्ञका नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

सिरहामा महायज्ञका नाममा दलितको घर भत्काइएको विषयमा सांसदहरूको आपत्ति

काठमाण्डाै – प्रतिनिधिसभाका सांसदहरूले सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेकी सांसद सम्झना थपलिया, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सांसदहरू रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विकलगायतले संसद् बैठकमा बोल्दै घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरूले यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत हेग जानुपर्ने अवस्थासमेत आएको बताएका छन् । सांसदहरूले एकपछि अर्को गरी दलित समुदायमाथि हिंसाका घटनाहरू हुँदा सरकार र गृहमन्त्री रमेश लेखकले कुनै कदम नचालेको आरोप पनि लगाएका छन् ।

आउँदो १७ गतेदेखि शुरू गर्न लागिएको महायज्ञका लागि स्थानीय दीपक डोमको घर भत्काइएको हो । महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको आरोप छ ।

गाउँपालिका अध्यक्ष शिवजी यादव भने दलित भएका कारण नभई त्यो सार्वजनिक जग्गासमेत रहेको र धारा र बिजुलीको व्यवस्थाका लागि दीपक डोमको सहमतिमै घर भत्काएर अन्यत्र सारेको दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij