तिलोत्तमा, नेकपा माओवादी केन्द्रका सचिव तथा पुर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले गुट उपगुटको राजनिति त्यागेर एउटै एउटै छातामुनि गोलबद्ध हुन सम्पुर्ण कम्युनिष्ट शक्तिहरुलाई आह्वान गर्नुभएको छ । वहाँले माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन अब कसैले रोक्न नसक्ने समेत बताउनुभयो । नेकपा माओवादी केन्द्र तिलोत्तमा नगर समितिको तेस्रो अधिवेशनको उद्धघाटन कार्यक्रममा बोल्दै बलदेवले विगतका गल्ती कमजोरीलाई सच्चाएर अघि बढ्नुको विकल्प नरहेको समेत प्रष्ट्याउनुभयो ।
तिलोत्तमा ९ रामजानकी मन्दिरको सभाहलमा आयोजित अधिवेशनलाई सम्बोधन गर्दै माओवादी केन्द्र स्थाई कमिटी सदस्य तथा पुर्वमन्त्री हकिकुल्लाह खाँले, नयाँ र परिवर्तनकामी शक्तिहरुबीच एकढिक्का भई अघि बढ्ने बेला आएको बताउनुभयो । वहाँले तिलोत्तमाबाटै यसको शुरुवात गर्नुपर्ने भन्दै सर्वसम्मत नयाँ नेतृत्व चयन हुनेमा आफु आशावादी रहेको समेत बताउनुभयो ।राजा ल्याउने नाममा विभिन्न तत्वहरु सल्बलाइरहेको भन्दै खाँले नेपालमा अहिले कुनै राजा नरहेको प्रष्ट पार्नुभयो । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा गैसकेको बर्तमान परिवेशमा राजाको डम्फु बजाएर कस्तो परिर्वतन ल्याउन खोजिएको हो भनि प्रतिप्रश्न गर्नुभयो ।
तिलोत्तमा नगरसमितिका अध्यक्ष बेल प्रसाद शर्माको अध्यक्षता रहेको उद्धघाटन सत्रमा केन्द्रिय सदस्यहरु राम परियार, गोविन्द केसी, प्रदेश सचिवालय सदस्य सुजित विक, लेखनाथ न्यौपाने, शीर बहादुर रोका, जिल्ला सँयोजक निर्मल जिसि लगायतको सहभागिता रहेको थियो । नगर उपाध्यक्ष प्रेम जिएमको स्वागत रहेको उद्धघाटन सत्रको सन्चालन प्रचार प्रसार समिति सँयोजक अनिल चापागाईं ९संस्कार० ले गर्नुभएको थियो । नगर अधिवेशनको पुर्वसन्ध्यामा मँगलापुरचोकमा खबरदारी सभाको आयोजना गरिएको तिलोत्तमा नगर कमिटीले जनाएको
छ ।
प्रकाशित मिति : शनिबार, चैत्र ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्