रुपन्देहीमा गएको डेढ बर्षमा ८० जनाको क्षयरोगबाट मृत्यु भएको छ । नियमित औषधि सेवन र उपचारबाट क्षयरोग निको हुने भएपनि समयमै रोगको पहिचान र उपचार नगराउँदा उनीहरुको अनाहकमा मृत्यु भएको हो ।
क्षयरोग नेपालमा एक गम्भीर सार्वजिनक स्वास्थ्य समस्याको रुपमा रहेको छ । सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास गरिरहे पनि समयमै रोगको पहिचान र उपचार नपाउदा नागरिकले अकालमा ज्यान गुमाउन गरेको छ।
रुपन्देहीमा बिगत डेढ बर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग संक्रमितको संख्या पाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार २०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रुपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित संख्या पाइएको हो । स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले समयमैं रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआइभीसहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार, आव २०८०र०८१ मा रुपन्देहीमा २ हजार १२ जना क्षयरोगका बिरामी फेला परेका थिए । त्यसयता २०८१ को साउनदेखि पुस महिनासम्ममा नयाँ बिरामी ७ सय ७६ जना फेला परेका हुन् ।
२०८०र०८१ को तथ्याकं अनुसार, सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ४ सय ४३, तिलोत्तमा नगरपालिकामा २ सय ७१, सिद्धार्थनगर नगरपालिकामा १ सय ७०, सैनामैना नगरपालिकामा १ सय ४६, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय २३, देवदहनगरपालिकामा १ सय ३९, मायादेवी गाउँपालिकामा १ सय १, कञ्चन गाउँपालिकामा ९६, गैडहवा गाउँपालिकामा ८६, ओमसतिया गाउँपालिकामा ८२, शुद्धोधन गाउँपालिकामा ७७, कोटहीमाई गाउँपालिकामा ६५, रोहिणी गाउँपालिकामा ६२, मर्चवारी गाउँपालिकामा ५३, सम्मरीमाई गाउँपालिकामा ४९ र सियारी गाउँपालिकामा ४९ जना बिरामी छन् । उक्त संख्यामध्ये १ हजार २ सय ३७ जना फोक्सोको क्षयरोगका बिरामी छन् ।
स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन टीकाराम अधिकारीले उपचाररत बिरामीले दुई महिनासम्म औषधि सेवन गरे निको भएको ठानेर त्यसपछि नियमित औषधि सेवन नगर्नाले समस्या बल्झिने धेरै रहेको बताए ।
भैरहवाका २० वर्षीया कुशल रिजालले एक वर्ष अघि क्षयरोग भए पनि समयमै पहिचान र उपचार पाउँदा निको भएको बताए । उनले नियिमत रुपमा औषधि सेवन गर्नु पर्ने र खानपानमा बिषेश ध्यान दिनु पर्नेमा जोड दिए ।
क्षयरोग उपचार गर्न सकिने रोग हो, तर समयमै पहिचान र नियमित औषधि सेवन गर्न भने जरुरी छ । सचेतना, सरसफाइ र सही उपचार अपनाएमा नेपाललाई क्षयरोगमुक्त बनाउन सकिन्छ ।
क्षयरोग ९टीबी० संक्रामक रोग भएकाले सही सावधानी अपनाएर यसबाट बच्न सकिन्छ। यहाँ केही महत्त्वपूर्ण रोकथामका उपायहरू प्रस्तुत छन् स्
१। खोप लगाउने
बीसीजी खोप बच्चा जन्मिएको केही समयमै बीसीजी खोप लगाएमा क्षयरोगबाट सुरक्षात्मक प्रतिरोधी क्षमता विकास हुन्छ।
२। व्यक्तिगत सरसफाइ र सावधानी
खोक्दा वा हाछ्युँ गर्दा मुख र नाक छोप्ने
मास्कको प्रयोग गर्ने, विशेष गरी भिडभाड भएका ठाउँमा वा संक्रमित व्यक्तिको सम्पर्कमा जाँदा।
हात नियमित रूपमा धुने र सरसफाइमा ध्यान दिने।
३। स्वस्थ जीवनशैली अपनाउने
पोषणयुक्त खाना खानेस् शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन भिटामिन र प्रोटिनयुक्त खाना ९दूध, फलफूल, सागसब्जी, गेडागुडी० खानु आवश्यक छ।
नियमित व्यायाम गर्नेस् स्वस्थ शरीरले रोगसँग लड्न मद्दत गर्छ।
धुम्रपान तथा मद्यपान नगर्नेस् फोक्सोलाई कमजोर बनाउने भएकाले यी चीजहरूबाट टाढा रहने।
४। संक्रमित व्यक्तिबाट जोगिने
क्षयरोग लागेका व्यक्तिसँग लामो समयसम्म नजिकको सम्पर्क नराख्ने।
संक्रमित व्यक्तिको प्रयोग गरेका कपडा, भाडा, टवलजस्ता सामग्रीहरू छुट्टै राख्ने र सफा गर्ने।
राम्रो हावा आवतजावत हुने कोठामा बस्ने, जहाँ घामको प्रकाश पुग्छ।
५। समयमै परीक्षण र उपचार गर्ने
खोकी तीन हप्ताभन्दा बढी रह्यो भने तुरुन्तै स्वास्थ्य संस्थामा परीक्षण गर्ने।
डाक्टरले दिएको औषधि पूरा कोर्ससम्म खाने, बीचमै रोक्नु हुँदैन।
उपचार सुरु गरेको केही हप्तापछि नै सुधार देखिए पनि औषधि छोड्न नहुने।
६। औषधि प्रतिरोधी क्षयरोगबाट जोगिने
क्षयरोगको उपचार गर्दै गर्दा डाक्टरको सल्लाह अनुसार औषधि नियमित खानुपर्छ।
अनियमित रूपमा औषधि खाएमा औषधि प्रतिरोधी क्षयरोग हुने सम्भावना धेरै हुन्छ, जुन झन् जटिल र खतरनाक हुनसक्छ।
प्रकाशित मिति : सोमबार, चैत्र ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्