लोडसेडिङ हुँदैन : कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

लोडसेडिङ हुँदैन : कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङ नहुने बताएका छन्।

 

आफूले यसअघि प्राधिकरणको नेतृत्व सम्हाले पनि पनि काम गर्न नपाएको उल्लेख गर्दै उनले अब ती योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले आफूलाई त्यतिखेर नहटाएको भए अहिलेको समस्या नै नआउने तर्क गरे। ‘मैले चार वर्षका लागि नियुक्ति पाएको थिएँ तर साढे ३ वर्ष त कामै गर्न पाइनँ। अदालतले पनि समयमै निर्णय गरेन’‚ शाक्यले भने।

शाक्यले सर्वसाधारण उपभोक्तालाई लोडसेडिङ नहुने समेत बताए। उद्योगमा भइरहेको लोडसेडिङको समय पनि घटाउन आफूले प्रयास गर्ने बताए।

‘लोडसेडिङ भनेको बिजुली नपुगेपछि हुने हो। कोही भएर हुने र कोही भएर नहुने भन्ने हुँदैन’‚ उनले भने।

शाक्य यसअघि २०७७ साल माघ २७ मा पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। पछि २५ साउन २०७८ मा उनलाई हटाएर फेरि कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाइएको थियो। आफूले पदबाट हटाएको भन्दै शाक्यले दायर गरेको रिट  सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij