काठमाण्डौ – सुनको भाउले आज कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउ एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको हो । यसअघि यही चैत ६ गते सुनको भाउ तोलाको एक लाख ७६ हजार रुपैयाँ पुगेको थियो ।
हिजो सुनको भाउ तोलाको एक लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । हप्ताको पहिला दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७४ हजार एक सय रुपैयाँ रहेको थियो । सुनको भाउ हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा दुई हजार एक सय रुपैयाँले बढेको हो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २० रुपैयाँ थियो ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्