भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो

भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो

दाङ – भारतमा तीर्थयात्रामा गएका दाङको तुलसीपुरका चार जनाको गाडी दुर्घटना हुँदा ज्यान गएको छ । तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी हिजो बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको खबर प्राप्त भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको परिचय खुल्न बाँकी छ । गाडीमा नौ जना थिए । वडाध्यक्ष जिसीका अनुसार घाइते पाँच जनाको भारतमा नै उपचार भइरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij