काठमाडौँ – राजावादी र प्रहरीबिचको झडपसँगै तीनकुनेमा जारी कार्यक्रम प्रभावित बनेको छ ।
राप्रपाका प्रवक्ता सगुन लावतीले प्रहरी हस्तक्षेपका कारण तिनकुनेमा मञ्च बनाएर भएको कार्यक्रममा नेताहरुले बोल्ने क्रम प्रभावित बनेको बताए ।
प्रहरीबाट कार्यक्रम भइरहेको मञ्चनजिकै अश्रुग्यास प्रहार भएपछि कार्यक्रम केहीबेर प्रभावित बन्न पुगेको उनको भनाइ छ ।
प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ । सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्