काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

काठमाडौं ,  काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ।

शनिबार बिहान सात बजेदेखि कर्फ्यु स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौँमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि सो क्षेत्रमा शुक्रबार दिउँसो देखि कर्फ्यु लगाइएको थियो। शुरूमा राति १० बजेसम्म कर्फ्यू जारी गरिएको कर्फ्यु आदेश शनिबार बिहान सात बजेसम्म लम्ब्याइएको थियो।

प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो।

राजावादीहरूको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij