पक्राउ परे रबिन्द्र मिश्र र धवलशम्शेर , दुर्गा प्रसाईं फरार

पक्राउ परे रबिन्द्र मिश्र र धवलशम्शेर , दुर्गा प्रसाईं फरार

काठमाडौं , राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्सेर राणालाई प्रहरीले पक्राउ गरेको छ।

उनीनीरूसँगै अभियन्ता स्वागत नेपाल सहित ४४ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। यस्तै नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ।

प्रहरीले आगजनी, तोडफोड, ज्युँदै मान्छे जलाउने र लुटपाटमा संलग्नलाई प्रक्राउ गरेको जनाएको छ। लुटपाटमा संलग्न तथा विभिन्न सञ्चारमाध्यममा आक्रमण गर्नेहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादी समर्थकको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ।

प्रकाशित मिति : शनिबार, चैत्र १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij