संसदमा विश्वप्रकाशको प्रश्न:नागरिक मर्दा निर्मल निवास लाई नदुख्ने कस्तो राजा चाहिएको हो ?

संसदमा विश्वप्रकाशको प्रश्न:नागरिक मर्दा निर्मल निवास लाई नदुख्ने कस्तो राजा चाहिएको हो ?

काठमाडौं ,   नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको हिंसात्मक आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्र शाहले दुःखसम्म व्यक्त नगरेको बताएका छन्। ज्यान जाने अवस्थाको घटनाबाट धेरैलाई दुख्दा पनि निर्मल निवासलाई नदुखेको भन्दै यस्तै राजा चाहिएको भन्दै प्रश्न गरे।

सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा पार्टीका तर्फबाट धारणा राख्दै महामन्त्री शर्माले यस्तो प्रश्न गरेका हुन्। ‘शान्तिपूर्ण भनिएको आन्दोलनको नाममा दुईजना होनहार युवाको मृत्यु भयो, तर निर्मल निवासलाई दुखेन,’ उनले भने, ‘नागरिक मर्दा धेरैलाई दुख्यो तर, निर्मल निवासलाई दुखेन। म सोध्न चाहन्छु–तीनकुनेलाई दुख्दा, हृदय नदुख्ने कस्तो राजा चाहिएको हो?’

राजा संवैधानिक भएर बस्न नमानेपछि मुलुकमा गणतन्त्र स्थापना भएको भन्दै शर्माले राजावादीको आन्दोलनमा लागेकाहरूलाई इतिहासको ख्याल गर्न आग्रह गरे। उनले गणतन्त्रको विकल्प खोज्न नहुने अडान पनि दोहोर्‍याए।

प्रधानमन्त्रीले बोल्दै गर्दा राप्रपाका सांसद्ले गरेको अवरोधप्रति पनि शर्माले असन्तुष्टि व्यक्त गरे।

 

प्रकाशित मिति : सोमबार, चैत्र १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij