काठमाण्डौ – प्रहरीले गएको चैत ४ गते काठमाण्डौको टोखा नगरपालिकाको झोरबाट ट्रकमा बरादम गरेको झन्डै २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक पहिचान गरेको छ ।
त्यो रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलको रहेको खुलेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि पटक–पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल २५ करोडको मालिक भएको पुष्टि भएकाले उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्