प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने

?kGb]xL, #) ebf} M cWoIf cf]nLaf6 lhNnf :t/Lo sfo{stf{ e]nf ;Daf]wg g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL a'6jndf a'waf/ ?kGb]xL lhNnf :t/Lo cu'jf sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ . tl:a/M lg/f uf}td÷/f;;

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । उहाँसहित सदस्य देशका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्टको अपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् । त्यसपछि बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्रीहरुबाट सम्बोधन हुनेछ ।

सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक देशका प्रधानमन्त्री शिनावात्राले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुभएको हो ।

आजै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ । बिमस्टेक सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच आज दिउँसो ४ बजे साइडलाइन वार्ता हुने तय भएको हो ।

प्रधानमन्त्री ओली गएको मङ्गलवार नै थाइल्यान्ड जानुभएको हो भने भारतका प्रधानमन्त्री मोदी आज थाइल्यान्ड पुग्दै हुनुहुन्छ । मोदी उतैबाट श्रीलङ्का जाने कार्यक्रम रहेको छ । मोदी श्रीलङ्का जानुअघि प्रधानमन्त्री ओलीसँग भेटघाटको समय तय भएको हो ।

यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij