JanataToday.com

Advertisment

SKIP THIS

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना

बुटवल – बुटवल उपमहानगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन् । बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा शुरु गर्न निर्देशन दिए ।

उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए । अरु वडाहरुमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन्। योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन् ।

उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा ल्याबसहितका शहरी स्वास्थ्य केन्द्र, मोतीपुर स्वास्थ्य केन्द्रमा प्रसुति सेवा सञ्चालनमा रहेको बताए ।

उनले छिटै नै वडा नम्बर १३ मा फिजियोथेरापी सेवा, १७ मा अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालन हुने बताए । यस्तै २ स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा रहेको उनले बताए । उनका अनुसार वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब सहितको सेवा सञ्चालनमा रहेको छ ।

‘जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने र गर्भवती महिलाहरुको स्वास्थ्य जाँच, पाठेघर र स्तन क्यान्सर परीक्षण शिविरहरु सञ्चालन गर्ने कार्यक्रम पनि नियमित रहेका छन्, उनले भने- आम्दा अस्पताललाई पनि थप सुधार गर्दै स्तरीय सेवा दिनका लागि हामी लागिरहेका छौं ।’

वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरेपछि वडाबासीलाई सहज हुने वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीले बताए । सबै वडाहरुलाई स्तरीय सेवा प्रदान गर्ने गरी स्वास्थ्य केन्द्रहरु सञ्चालन भएको र सबै वडाबाट सहज रुपमा सेवा लिन सकिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । उनले शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र अन्य सेवाहरुलाई स्तरीय बनाउनका लागि पर्याप्त जनशक्ति खटिएको बताए ।

कार्यक्रममा बोल्दै जेष्ठ नागरिक समाजका अध्यक्ष राधेश्याम राजभण्डारीले बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रयास उत्कृष्ट रहेको बताए ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij