JanataToday.com

Advertisment

SKIP THIS

स्वास्थ्य बीमा

आज नवौं स्वास्थ्य बीमा दिवस मनाइँदै

आज नवौं स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाण्डौ – ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नारासहित आज नवौं स्वास्थ्य बीमा दिवस मनाइँदैछ ।

स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम हो ।

नेपालमा २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । यस कार्यक्रमबाट ८० लाखभन्दा बढी नागरिकलाई बीमामा आबद्ध गरी स्वास्थ्य सेवामा पहुँच स्थापना गर्न योगदान पुर्‍याइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउने मन्त्रालयको दाबी छ ।

यसैबीच सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

स्वास्थ्य बीमा बोर्डले हिजो पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको बताएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा,रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक गर्दै कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेटले समस्या देखिएको बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बीमा कोषमा बढ्दो दायित्व र हरेक वर्ष कोषले घर भाडाबापत दुई करोड ३४ लाख रुपैयाँ भुक्तानी दिँदै आएको छ ।

कार्यरत कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहनबापत वर्षेनि करोडौँ भुक्तानी गर्ने गरेको र जुन निरन्तर बढ्दै गएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij