राप्रपा अध्यक्ष लिङ्देन :राजा र गणतन्त्रवादी अटाउने मौलिक व्यवस्था निर्माण गरौँ

राप्रपा अध्यक्ष लिङ्देन :राजा र गणतन्त्रवादी अटाउने मौलिक व्यवस्था निर्माण गरौँ

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक शक्तिहरू अटाउने गरी नयाँ समझदारी गर्नुपर्ने बताउनुभएको छ ।

राप्रपाले आज काठमाण्डौको बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश अब यही अवस्थाबाट अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले राजादेखि गणतन्त्रवादीहरूसम्म अटाउने गरी मौलिक व्यवस्था निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । राजा अभिभावक र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्ने उहाँको माग गरेको छ ।

राप्रपाले राजसंस्था पुनर्स्थापना, सङ्घीयता खारेजीलगायत एजेन्डासहित प्रदर्शन र आमसभा आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राप्रपाका नेताहरूले यसअघि राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । तीनकुने घटनालाई लिएर रविन्द्र मिश्र, धवलशमसेर राणालगायतका नेताहरूलाई झुटा मुद्दा लगाइएको राप्रपाको दाबी छ ।

यसअघि तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक भएपछि सरकारले आज बल्खुमा उच्च सतर्कता अपनाएको छ । यस्तै बल्खु आसपासका व्यवसायीहरूले आफ्‌नो पसल बन्द गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij