प्रधानमन्त्री : जन्मिँदै राजा र रैती हुने व्यवस्था मान्दैनौँ

प्रधानमन्त्री : जन्मिँदै राजा र रैती हुने व्यवस्था मान्दैनौँ

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताउनुभएको छ ।

मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई–चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।

नयाँ पुस्ताले राजतन्त्र नभोगेकाले उनीहरूलाई राजतन्त्र के हो भन्ने लागेको हुनसक्छ भन्दै प्रधानमन्त्री ओलीले नयाँ पुस्तामा यसबारेमा सचेता जगाउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र गतिमा रहेकाले दुःखी हुनुभन्दा खुशी मनाउनुपर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेको यो दोस्रो पटक हो । यसअघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि ओलीले सम्बोधन गर्नुभएको थियो ।

आज प्रदेशसभामा सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सम्भावना नै सम्भावनाहरूको उर्बर भूमि रहेको बताउनुभयो । कृषिका लागि उपयुक्त भूमि, जडीबुटीदेखि पानीको अपार स्रोतयुक्त चुरेक्षेत्रलगायत रहेकाले मधेशको सम्भावनालाई उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको पनि उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij