JanataToday.com

Advertisment

SKIP THIS

शुभ लाभ सहकारीमा वित्तीय साक्षरता तालीम

शुभ लाभ सहकारीमा वित्तीय साक्षरता तालीम

बुटवल ।बुटवल– ८ सुख्खानगरमा रहेको शुभ लाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीले आफ्ना सेयर सदस्यहरुलाई लक्षित गर्दै ‘सदस्य भेटौं, सदस्यहरुको भनाइ सुनौं अन्तरक्रिया कार्यक्रम तथा वित्तीय साक्षरता सम्बन्धि तालिम शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष लालकाजी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाकर खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा खनालले प्रशिक्षण दिदै वर्तमान अवस्थामा सहकारीको बारेमा प्रशिक्षण दिदै पछिल्लो समय सहकारीमा सदस्यहरुको बिस्वास घट्दै गएको बताए । उनले केही सहकारीमा आर्थिक हिनामिना भएकोले सबै सहकारीलाई एउतै डालोमा राख्न नमिल्ने बताए ।

 

 

 

 

 

 

कार्यक्रममा सहकारीका अध्यक्ष लालकाजी राजभण्डारीले सहकारीमा सबै सदस्यहरुको लगानी भएकोले सबैको चासो हुनुपर्ने बताउँदै सदस्यता कसरी बृद्धि गर्ने ? अब संस्थालाई कसरी अगाडि बढाउने ? भन्ने बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष प्रेम प्रकाश शर्मा, सल्लाहकार बाबुकाजी शाक्य, सञ्चालक समिति सदस्य नारायण प्रसाद घिमिरे, सचिव ज्ञान बहादुर पुनलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहकारीका करिब ५० जना सेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारीका व्यवस्थापक सुमित्रा ज्ञवालीले वित्तीय विवरण प्रस्तुत गरेकी थिइन् । सहकारीका शिक्षा उपसमिति सदस्य रुपेन्द्रमान श्रेष्ठको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष वसन्त कुमार जोशीले गरेका थिए ।

प्रकाशित मिति : शनिबार, चैत्र ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij