काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि कारागार पठाउने आदेशको बिरूद्द सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायधिस ढुंगानाको इजालासमा परेको हो ।
गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। आज उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो।
लामिछाने हाल कारागार कार्यालय, भैरहवाको थुनामा छन्।
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्