उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनु भएको छ। बैठक आज साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बैठक बोलाइएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा संयन्त्रको बैठक बोलाउने समझदारी भएको हो।

सरकारको भविष्यमाथि विपक्षी र कार्यसम्पादनबारे गठबन्धन भित्रैबाट प्रश्न उठिरहेका बेला दुई नेताले छलफल गरेर संयन्त्रको बैठक बोलाउने समझदारी गरेका हुन्।

सोमबार सचिवालयको बैठक राख्दै एमालेले सरकार परिवर्तनको हल्ला मात्रै चलाइएको बताएको थियो। सरकारका कामलाई अझै प्रभावकारी बनाउन प्रमुख दलबीच पर्याप्त छलफल गरेर जाने निर्णय एमालेले गरेको थियो।

प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij