JanataToday.com

Advertisment

SKIP THIS

मणिमुकुन्द कप इन्डो नेपाल भलिवल प्रतियोगितामा नेपाल आर्मी र नेपाल प्रहरी बिजयी

मणिमुकुन्द कप इन्डो नेपाल भलिवल प्रतियोगितामा नेपाल आर्मी र नेपाल प्रहरी बिजयी

बुटवल , बुटवलमा संचालित १० औं मणिमुकुन्द कप इन्डो नेपाल क्लब च्याम्पियनसिप २०८२ भलिवल प्रतियोगितामा मा नेपाल प्रहरी र नेपाल आर्मी बिजयी भएका छन्।

आइतवार सांझ भएको पहिलो खेलमा नेपाल प्रहरी क्लवले गण्डकी प्रदेश भलिवल संघलाई पराजित गरेको थियो। पहिलो सेटमा २५ ( ११ को अन्तरले गण्डकी प्रदेशलाई पराजित गरेको प्रहरीले दोश्रो र तेश्रो सेट भने हात पार्न सकेन्।

दोश्रो सेटमा गण्डकी प्रदेशसंग २५( २२ मा पराजित नेपाल प्रहरी चौथो सेटमा २५( २३ मा पराजित भयो भने चौथो सेटमा गण्डकीलाई ३०( २८ मा पराजित गरेको थियो भने पांचौ सेटमा नेपाल प्रहरीले १५( ९ को अन्तरमा नजिता आफ्नो पोल्टामा पार्न सफल भयो।

त्यसैगरी दोश्रो खेलमा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लवले शसस्त्र प्रहरीको एपिएफ क्लवलाई पराजित गरी आफ्नो पक्षमा जित पार्न सफल भयो। प्रतियोगिताको पहिलो सेट २७(२५ को अन्तरमा जितेको त्रिभुवन आर्मी क्लव दोश्रो र तेश्रो सेटमा भने ३०( २८ र २५( २१ मा पराजित भएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक भएको चौथो र पांचौ सेट भने नेपाल आर्मीले आफ्नो पक्षमा पार्न सफल भएको थियो। आर्मीले चौथो सेटमा २५( २१ र पांचौं सेट १५ (१२ को अन्तरमा जित निकालेको थियो।

सनिवार देखि सुरु भएको मणिमुकुन्दकप भलिवल प्रतियोगिताको रात्रीकालिन खेलमा पहिलो दिन गलकोट भलिबल क्लब बागलुङ र भारत गुजरातको साग भलिबल एकेडेमीले विजयी भएको थियो। सोमवारको पहिलो खेल आयोजक कोशी प्रदेश र गण्डकी प्रदेश भलिबल संघका बिच हुने छ भने दोश्रो खेल भारत गुजरातको साग भलिबल एकेडेमी र त्रिभुवन आर्मी क्लवका बिच हुनेछ।

यसअघि दिउंसोमा आयोजना हुंदै आएको प्रतियोगिता यसपटक भने सांझ ६ बजेदेखि राती १० बजेसम्म आयोजना गरिएको हो।

बैशाख १३ गतेसम्म संचालन हुने प्रतियोगितामा ३ विभागीय र एक भारतीय सहित ८ वटा टोली सहभागी छन्। प्रतियोगिताको विजेता टिमले ३ लाख ११ हजार १ सय ११ रुपैयांसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

उपविजेताले २ लाख ११ हजार १ सय ११ रुपैयां प्राप्त गर्नेछ। तेस्रो स्थान हासिल गर्ने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयां प्राप्त गर्नेछ। त्यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई ६६ हजार ६ सय ६६ रुपैयां प्रदान गरिने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार प्रतियोगिताका अन्य ८ विधामा पनि नगद १० हजारदेखि १५ हजार रुपैयांसम्म पुरस्कार प्रदान गरिने छ।

प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij