JanataToday.com

Advertisment

SKIP THIS

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने

काठमाण्डौ – नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट ९३० वटाको० चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’ को चार सय ५० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो वर्ष ठूलो अण्डाको मूल्य प्रतिक्रेटको पाँच सय २५ रुपैयाँसम्म पुगेको थियो तर पछि घटेर तीन सय ५० रुपैयाँमा झरेको थियो । मूल्य बढ्दा किसानलाई केही राहत मिल्ने अध्यक्ष पोखरेल बताउनुहुन्छ ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । उहाँका अनुसार गर्मीमा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढाउनुपरेको हो ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिले दैनिक झन्डै ३० लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij