आन्दोलनको २६औं दिनमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ।
आइतबार नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको हो। बिजुलीबजार नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो। शिक्षा ऐनको माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकको आन्दोलन जारी रहेको छ। आज २६औं दिनमा शिक्षकहरूले संसद भवनतर्फ अघि बढ्न खोज्दा तनाव भएको हो।
प्रहरीले पानीको फोहोरा र बल प्रयोग गरेर भिड तितरवितर पार्न खोजेपछि जवाफमा शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्। यसअघि शनिबार पनि निषेधित क्षेत्र तोड्ने प्रयास भएको थियो। शिक्षकहरूको प्रदर्शनले बानेश्वर क्षेत्र तनावपूर्ण बनेको छ।
प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्