JanataToday.com

Advertisment

SKIP THIS

सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घट्यो

काठमाडौँ – बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij