काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराएको छ ।
आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले नेपाललाई जीतका लागि ४२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो ।
आजको खेलमा नेपालकी कविता कुँवरले ११ बलमा सर्वाधिक १८ रन बनाइन । उनी रन आउट हुन पुगिन । सम्झना खड्काले १० बलमा अविजित १३ रन र इन्दु बर्माले ५ बलमा ७ रन बनाइन । बहराइनले निर्धारित ५ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाएको थियो ।
खेल ढिलो शुरू भएका कारण खेल ५ ओभरमा झारिएको थियो । यसअघि हिजोको खेलमा मैदान ओसिलो भएका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले एक÷एक अङ्क बाँडेका थिए ।
नेपालको दुई खेलमा तीन अङ्क भएको छ । एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।
नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन् । नेपालले अब मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।
हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ । सुपर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्