काठमाण्डौ – १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपाल आज भारतसँग खेल्दैछ । खेल भारतको गोल्डेन जुब्ली रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
समूह ‘बी’ बाट नेपाल र भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । आजको विजेता टोली समूह विजेता बन्नेछ ।
अस्ति भएको खेलमा नेपालले श्रीलङ्कालाई ५–० गोलले हराएको थियो । त्यस्तै पहिलो खेलमा भारतले श्रीलङ्कालाई ८ गोलले हराएको थियो । नेपाल र भारतसँग पराजित श्रीलङ्का बाहिरिएको छ ।
च्याम्पियनशिपमा दक्षिण एशियाको पाकिस्तानबाहेक ६ देश सहभागी छन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । प्रतियोगिता आउँदो जेठ ४ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्