काठमाण्डाै – रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भनिएको अनियमितता छानबिन गर्न गठित संसदीय उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन हुनुभएको छ ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिअन्तर्गत गठन भएको उपसमितिको आज बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
यसअघि उपसमितिको संयोजक नेकपा एमालेका सांसद योगेश भट्टराई हुनुहुन्थ्यो । भट्टराई नेतृत्वको उपसिमितिले भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । आफूमाथि प्रश्न उठेपछि भट्टराईले संयोजकमा नबस्ने घोषणा गर्नुभएको हो ।
भैरहवा विमानस्थल निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन नसकेको तथा निर्माणमा त्रुटि रहेको उजुरी परेपछि सार्वजनिक लेखा समितिले स्थलगत अध्ययन तथा अनुगमन गर्न २०८१ साल जेठ २७ गते उपसमिति गठन गरेको थियो ।
गौतमबुद्ध विमानस्थल निर्माणको लगानी शुरूमा ६ अर्ब २२ करोड अनुमान गरिए पनि सम्पन्न हुँदासम्म बढेर ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । यो विमानस्थलमा जग्गा अधिग्रहणमा अनियमितता भएको मुख्य प्रश्न उठेको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्