कल्पना शर्मा
तिलोत्तमा, तिलोत्तमा नगरपालिका वडा नं ६ की मनिसा थारु आफ्नो स्वास्थ्य परिक्षण आफ्नै वडामै गर्न पाएकोमा खुसी हुनुहुन्छ । तिलोत्तमा नगरपालिकाले गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालेपछि उहाँ खुसी हुनुभएको हो । हुन त यस वडामा यस अघि पनि सुलभ दरमा भिडियो एक्सरे सेवा हुदैँ आएको थियो तर २०८१ साल माघ २९ गते देखी नगरले यो सेवा प्रदान गरेपछि यस वडाका साथै अन्य छिमेकी वडाका गर्भवती महिलाका लागि पनि सहज भएको छ ।
शुरुमा लुम्बिनि प्रादेशिक अस्पतालमा गएकी उहाँलाई पछि वडामा विशेषज्ञ सेवा छ भन्ने थाहा भयो त्यस पछिका प्रत्येक जाँचकालागि उहाँ आनन्दबन स्वास्थ्य चौकीमै जान थालेको बताउनुहुन्छ ।
त्यहाँ कार्यरत चिकित्सकहरुले आगामी दिनमा यहीबाट सेवा पाउने बताएपछि उहाँले तिलोत्तमा नगरपालिकालाई धन्यवाद दिनुभयो ।
प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि जाने गर्नुभएकी उहाँ धेरै बेर लाइन बसीरहँदा गाह्रो महशुस भयो, टाढा टाढाबाट आएका सेवा ग्राहिलाई पनि टिकट लिने देखि धेरै कुरामा लाइनमा बस्न पर्दा पुरै दिन नै वित्ने गरेको मनिसा भन्नुहुन्छ “अब स्वास्थ्य चौकीमा गएपछि धेरै बेर लाइन बसेर पालो कुरीरहनु पर्दैन छिट्टै नै परिक्षण हुने भएकाले सहज भएको छ । ” उहाँ बताउनुहुन्छ ।
गएको २०८१ साल माघ महिनामा पहिलो पटक तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित आनन्दबन स्वास्थ्य चौकी बाट गर्भवती महिलाको नि शुल्क भिडियो एक्सरे सेवा शुरु गरे देखी तिलोत्तमा नगरपालिकाका धेरै जसो गर्भवती महिलाहरु स्वास्थ्य केन्द, जाने क्रम बढ्दै गएको छ । २०८१ साल माघमै सेमराबजार स्वास्थ्य चौकीबाट पनि सो सेवा सुरु भएको हो । सो कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आफ्ना नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेको बताउनु भएको थियो । उहाँले आमा बन्नु महिलाका लागि सहज अबस्था नभएकाले आफनो स्वास्थ्यको ख्याल गर्न नगरका महिलालाई आग्रह समेत गर्नुभएको थियो ।
तिलोत्तमा नगर भित्रका गर्भवती महिलाका लागि गर्भ रहेदेखी सुत्केरी हुँदासम्म आबश्यकता अनुसार निःशुल्क रुपमा भिडियो एक्सरे सेवाको सुरुवात भएको हो ।
स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु ग्रिरहेको तिलोत्तमामा यो सेवा शुरु गरिएको बताउदै नगर प्रमुख खाँणले क्रमशः सबै बडामा यो सेवा लागू गरिने बताउनु भएको थियो ।
अहिले वडा नं १० की अन्जली भट्टराई पनि सेमराबजार स्वास्थ्य चौकीबाट नै आफ्नो दोश्रो पटकको गर्भवती जाँच गराइरहनुभएको छ । आफूले पहिले बुटवलकै प्राईभेट क्लिनिकमा स्वास्थ्य उपचार गराइराखेको तर अब वडामै गुणस्तरीय भिडियो एक्सरे सेवा निःशुल्क रुपमा हुने भएपछि वडामै आएको बताउनुभयो । पहिले त बुटवल मै गएँ पछि यहीँ राम्रो जाँच हुन्छ भनेर थाहा भयो अनि यहीँ जान थालेकी छु , राम्रो लाग्यो सबै सेवा राम्रो छ गौमतीले आफनो अनुभव सुनाउनुभयो । स्वास्थ्य परिक्षणका लागि धेरै पैसा खर्च गरेर चेकजाँच गराइराख्नु भएकी उहाँले ल्याब परिक्षण पनि गरिब तथा निम्न वर्गका लागि धेरै नै महंगो भैरहेको थियो । तिलोत्तमा नगरपालिकाले सुलभ दरमा ल्याब परिक्षण गर्ने थाहा भएपछि आफुले यहीँ केन्द्रबाटै परिक्षण गराउन पाउँदा खुसी लागेको बताउनुभयो ।
।
ी
तलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी देवी चौधरीले नगरपालिकाले संगसंगै लिएर हिड्न मिल्ने खालको पोर्टेबल यूएसजी प्रबिधिको मेसिन प्रयोग भएको जसबाट एक हप्ता देखी १५ दिनको अन्तरमा एक वडादेखी अर्को वडामा पुगेर सेवा उपलब्ध गराउन सकिने बताउनु भयो ।
म्हिलाहरुको स्वास्थ्यलाई बिषेश ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य परिक्षण पनि गरिरहेको छ ।
पहिलो चरणमा तिलोत्तमा नगरपालिकाका २ वटै स्वास्थ्य संस्थामा निःशुल्क भिडियो एक्सरे सेवा संचालन गरेको नगरले महिनाको पहिलो र अन्तिम मंगलबार आनन्दबन स्वास्थ्य चौकी बाट परिक्षण सेवा उपलव्ध गराउदै आएको छ । अहिले केन्द्रमा एनामोली स्क्यान जडान गर्न गर्भ रहेको २२ हप्तामा गरिने गर्भवती परिक्षण हो त्यो र थाइराइड परिक्षण बाहेक ल्याव परिक्षण पनि गर्भवती महिलाका लागि सुलभ मुल्यमा गदै आइरहेको केन्द्रका प्रमुख एवं जनस्वाथ्य निरिक्षक राम प्रसाद चुँदालीले बताउनु भयो ।
नियमित रुपमा यस केन्द्रबाट नियमित रुपमा परिक्षण शुरु गरिएको उहाँले जानकारी गराउनुभयो ।
तिलोत्तमा नगरपालिकाका अन्य वडामा बसोबास गर्ने गर्भवती महिलाहरुलाई पनि यो सेवा लिनका लागि आग्रह गरिएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार यो सेवा तिलोत्तमाका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहिको चापलाई ध्यानमा राखेर काम अघि बढाइने बताउनुभयो । यहाँ आउने धेरैजसो सेवा ग्राहिले अहिलेको व्यस्त समयमा यहाँ सेवा लिन आउँदा समयको बचतको साथै अनुभवी र तालिम प्राप्त स्वास्थ्यकर्मीले गर्ने व्यवहार धेरै राम्रो रहेको प्रतिक्रिया दिने गरेका छन् । अहिले केन्द्रमा ५७ जनाले सेवा लिएका केन्द्रका प्रमुख चुँदालीले बताउनुहुन्छ । उहाँले यो सेवा बिस्तार हुनुपुर्व कतिपय मेशिनहरु इसै थन्किएर रहेकामा सेवा प्रबाह बिस्तार संगै मेशिनहरु प्नि उपपयोगमा आएको बताउनुभयो ।
साथै उहाँले मातृ सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थाबाट रित पुगेका गर्भवती परिक्षणका लागि आएका गर्भवती सुत्केरी आमाहरुलाई सुत्केरी स्याहार भत्ता समेत प्रदान भैरहेको बताउनुभयो । उहाँले सुत्केरी प्रोत्साहन भत्ता अन्र्तगत एक हजार रुपैया,संधिय सर्सत अनुदान मार्फत एक हजार र नगरपालिका बाट गर्भवती जाँच उत्प्ररणा शुल्क आठ सय गरी २ हजार ८ सय रुपैयाँ प्रदान गर्ने गरिएको चुँदालीले बताउनु भयो ।

नियमित गर्भवती परिक्षण गराइसकेका ५७ जनाले सुत्केरी स्याहार भत्ता झुल तथा सुत्केरी मसला , न्यानो झोला र सुत्केरी भैसकेपछि घरसम्म पुर्याउनका लागि यातायातका लागि एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आएको तिलोत्मा नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टराइले बताउनु भयो । साथै नवजात शिशुका लागि पनि न्यानो भोटो प्रदान गर्ने गरेको छ । अहिले सम्म तिलोत्तमा नगरपालिका वडा नं ६ बाट ५७ ज्नाले सेवा लिएका छन् । भने तिलोत्तमा १० मा ९७ जनाले नि शुल्क रुपमा गर्भवती महिलाले भिडियो एक्सरे सेवा लिएका जनस्वास्थ्य अधिकृत भट्टराईले जानकारी गराउनु भयो ।
उहाँले यो कार्यक्रम अत्यन्तै फलदायी रहेको बताउनुभयो , उहाँले भन्नुभयो “गर्भवती महिलाले आफ्नो जाँच गराउन युद्ध नै लडेजस्तै तँछाड मँछाड गरेर लाइन लाग्नु पर्ने अबस्थाको अन्त्य भएको छ ”। उहाँले जब आमाले ढुक्कले आरामले चेकजाँच गराउन पाएपछि गर्भको बच्चा पनि खुसी हुन्छ भन्ने लाग्छ । यो कार्यक्रम विस्तारै बढाउदै लैजाने पनि भट्टराईको धारणा थियो ।
प््रााइभेट क्लिनीकमा स्वास्थ्य परिक्षण गर्दा धेरै नै महङ्गो शुल्क लाग्ने गरेको विपन्न, गरिब,तथा असहाय महिलाहरुलाई नियमित भिडियो एक्सरे सेवामा असहज हुदै आएको र यो सेवा सुचारु भए
संगै आर्थिक भार पनि कम पर्ने भएको स्वास्थ्य केन्द्रमा परिक्षण गराइरहनु भएकी कल्पना नेपाली , रेनु चौधरी ले सुनाउनु भयो । उहाँहरु त केबल यहाँका केही प्रतिनिधि पात्र हुनुहुन्छ ।
तिलोत्तमा नगरपालिकाको तथ्यांकका आधारमा तिलोत्तमा नगरका वडाहरुका गत श्रावण महिना देखी बैशाख सम्म जम्मा एक हजार एक सय साठी जना गर्भवती महिलाले चेक जाँच गराएको पाइएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्