JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही प्रहरीले भन्सार छलीका बिभिन्न अबैध सामान बरामद

रुपन्देही प्रहरीले भन्सार छलीका बिभिन्न अबैध सामान बरामद

तिलोत्तमा, रुपन्देही प्रहरीले भन्सार छलीका बिभिन्न अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ १० र ११ गते जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका स्थानहरुबाट खटिएको प्रहरी टोलीले अन्दाजी आठ लाख २७ हजार बराबरका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको सुट ९० पीस, लेडिज व्लाउजको थान कपडा ९ रोल, पानी बर्षादी ३६, जुत्ता १० जोर, चिनी १२ बोरा , मैदा ३ बोरा , भैसी तथा पाडा ३ वटा, किराना सामानहरु, कस्मेटिक्स सामानहरु , बोइलर कुखुरा ३६ वटा बरामद गरेको रुपन्देही प्रहरी प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

बरामद गरिएको अन्दाजी आठ लाख २७ हजार ९ सय चालिस बराबरको सामान का साथमा भारतिय नंको यूपी ५६ पी ००९६ को मोटरसाइकल को साथै लु ५८ प ६५४४ , लु ३५ प २९६७ र लु ३ प ६०४३ नं को मोटरसाइकल रहेको प्रहरीले बताएको छ ।

बरामद गरेको सामानहरु आबश्यक कार्यवाहिका लागि भैरहवा भन्सार िकार्यालय तथा पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभएको छ

।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij