JanataToday.com

Advertisment

SKIP THIS

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

काठमाण्डौ , बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् ।

नेपालले थप १ रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग ९पाम० का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य जिते । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक पाए ।

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए । पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य हात पारे ।

प्रतियोगितामा नेपालबाट १२ जना खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् । नेपाली टोलीको प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन्

प्रतियोगितामा बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्य गरी २४ पदकका साथ विजेता बन्यो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij