JanataToday.com

Advertisment

SKIP THIS

बुटवल लायन्स आँखा अस्पतालको आयोजनामा जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

बुटवल लायन्स आँखा अस्पतालको आयोजनामा जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

तिलोत्तमा,
बुटवल लायन्स आँखा अस्पतालको आयोजनामा जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।बुधबार बुटवल लायन्स आँखा अस्पतालले जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो ।

बुटवल लायन्स आ अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बोल्दै आँखा जस्तो संवेदनशील विषयमा सबै सहकार्य गरी आमनागरिकलाई निशुल्क सेवा प्रदानका लागी हातेमालो गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।


समन्वय समितिले तीनै तहका सरकारसंग समन्वयको भुमिका खेल्ने बताउनु भयो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले पछिल्लो समयमा मोतियाविन्दुका बिरामीहरुको संख्या बढिरहेकाले सचेत भई स्थानीय सरकारहरुसंग सहकार्य आवश्यक रहेको बताउनु भयो ।

आँखाको उपचारका लागी उपकरण निकै मह्रगो भएकाले सेवामा समस्या रहेको भन्दै स्थानीय सरकारसंग सहयोगको निरन्तरताका लागी आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकारी कृष्ण प्रसाद खनाल,शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बश्याल, बुटवल लायन्स आँखा अस्पताल ब्यवस्थापन समितिका पुर्व अध्यक्ष लायन अर्जुनमान सैजु, तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेल लगायतले बोल्दै संसार देखाउने आँखाका बिरामीहरुमा देखिएका समस्याको समाधानका लागी मानवसेवाको भावनाले सम्पुर्ण हातेमालो गरी सहकार्य आवश्यक रहेको बताए ।

 

 

आँखा उपचारका लागी उपकरण निकै महंगो भएको तथा नयां नयां प्रविधिको प्रयोग आवश्यक रहेको तरआर्थिक अभाव भएकाले विदेशी दाताको सहयोगभन्दा स्थानीय सरकारहरुसगं दिर्घकालिन सहकार्य आवश्यक रहेकोमा जोड दिए ।कार्यक्रममामेडिकल सुपरिटेन्डेट डा, शिलु थापाले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अन्धोपनका बिरामी बढिरहेकोले मोतियाविन्दुहरुको अप्रेशनको चाप बढेको बताउनुभयो ।उपकरणका लागी करोडौ खर्च हुने बताउनुभयो । अस्पतालले गुणस्तरीय सेवामा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रतिनिधि,पालिकाका अध्यक्ष, कार्यकारी प्रमुख, स्वास्थ्य शाखा प्रमुखहरु,सामाजिक क्षेत्रका अगुवाहरुको सहभागी रहेको बुटवल लायन्स आँखा अस्पतालका सूचना अधिकारी मनोहर न्यौपानेले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij